शैक्षिक मेलामा बालेनको हस्तक्षप | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

शैक्षिक मेलामा बालेनको हस्तक्षप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा चलेको शैक्षिक मेला (एडु फेयर) बन्द गराएको छ ।

एसइई र कक्षा १२ को परीक्षाफल कुरेर बसिरहेका बालबालिका लक्षित मेलामा विद्यार्थीहरुको व्यक्तिगत विवरण टिप्ने, शैक्षिक प्रतिष्ठानका विषयमा जानकारी दिने लगायत काम भइरहेको भन्दै महानगरले बन्द गराएको हो । । फेयरमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई, विवरण टिपाए छात्रवृत्ति उपलब्ध गराउने लोभ देखाइँदै थियो ।

मेला स्थलमा शिक्षण स्थलका नाममा पढाइ हुने विषयहरुको बोर्ड राखेर सजावट गरिएको थियो । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार भर्ना अवधि सुरु हुनु अगाडि विद्यार्थीहरुलाई प्रभाव पार्ने यस खालका क्रियाकलाप गराउन कानुनले निषेध गरेको छ । निषेधित काम प्रवर्धन हुने गरी सञ्चालन गरिएको फेयर बन्द गराइएको कोइरालाले जानकारी दिनुभयो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेको नेतृत्वमा प्रहरी र अधिकारी मेला स्थलमा गएर क्रियाकलाप बन्द गराउनुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);