काठमाडौं । प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले प्रभात बस्याल र प्रिति घिमिरेको ३ वर्षदेखिको प्रेम सम्बन्धमा जातिय विभेदको ग्रहण लागेको बताउनु भयो ।
उहाँले संसदको सुन्य समयमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले प्रेम सम्बन्धमा रहेका बसेललाई बलात्कार, अपहरण र शरीर बन्धकको झुटो मुद्दा दायर गरिएको भन्दै निःशर्त सुरक्षित रिहाइको माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य शिव नेपालीले प्रेम गरेकै कारण बागलुङका प्रभात बसेल जातिय भेदभावका कारण अपहरण र जबरजस्ती करणी जस्तो जघन्य अपराधको भागि हुनुपरेको उल्लेख गर्दै गम्भिरतापूर्वक छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।