काठमाडौं, ३२ जेठ । प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरुले विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेको भएपनि सरकारले ध्यान नदिएको बताउनु भएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमै बोल्दै खानले यस्तो बताउनुभएको हो ।
उहाँले समस्या समाधानका निम्ति पहल नभएमा नागकिताबाट वञ्चित नागरिकहरुले सामुहिक आत्मदाह गर्ने अवस्था आउनसक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्नुभयो ।
उहाँले नेपाली नागरिकले नागरिकता लिनु अपराध नभएको बताउनु भयो । उहाँले नागरिकताबाट वञ्चितहरुलाई गोली हानेर धपाउन वा नागरिकता दिन आग्रह गर्नुभयो ।




