थाहै नदिई दुुईटा सिम चलाएपछि श्रीमतीको हत्या, नालीमा शव लुकाए | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

थाहै नदिई दुुईटा सिम चलाएपछि श्रीमतीको हत्या, नालीमा शव लुकाए

काठमाडौं, ३२ जेठ। तनहुँको एक युवकले बिहे गरेको २ महिनामै श्रीमतीको हत्या गरेका छन् । भानु नगरपालिकाका २१ वर्षीय मनोज विष्टले आफूलाई जानकारी नदिई २ वटा सिम चलाए पछि आक्रोसित भई श्रीमती रंगिला भुजेलको हत्या गरेको प्रहरीले जनाएको छ ।

विष्टले गत वैशाख १ गते भुजेलसँग अन्तर्जातिय प्रेम बिवाह गरेर दमौलीस्थित ब्यास नगरपालिका–४ मा डेरामा बस्दै आएका थिए । रंगिला गत जेठ २४ गतेदेखि माइतीको सम्पर्कमा थिइनन् । २२ वर्षीया रंगिलाको माइती ब्यास–१२ को लामिडाँडा हो ।

उनको शव ब्यासकै चिहानडाँडामा भेटिएको हो । उक्त स्थानमा नमिठो गन्थ आउन थालेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा नालीमा राखिएको हमपाइमा प्लास्टिकको बोराभित्र रंगिलाको शव फेला परेको हो । उनको शव गल्न लागिसकेको अवस्थामा भेटिएको तनहुँ प्रहरीले जनाएको छ ।

रंगिलाको शव फेला पर्दा बित्तिकै मनोज पनि पक्राउ परिसकेका छन् । रंगिलाको हत्या गरेर शव मनोजले पाइपमा लुकाएको प्रहरीले जनाएको छ । सिमको कारण झगडा परेको र मनोजले रंगिलाको आफ्नै डेरामा हत्या गरेर पाइपभित्र लुकाएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

Photo : Manoj kumar Shrestha

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);