राष्ट्रपति पौडेल डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाडौं, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल आज अस्पतालबाट डिस्चार्ज भएका छन् । पौडेल मुटुमा समस्या देखिएपछि मंगलबार शहिद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका थिए ।

अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । हृदयघात भएपछि उनको आकस्मिक उपचार गरिएको हो । ७९ वर्षीया पौडेललाई एनजिओग्राफी गरिएको हो ।

विश्वस्त स्रोतले बताए अनुसार हृदयघात देखिएपछि एनजिओग्राफी गरी मुटुको भल्व खोलिएको हो । २४ घन्टा निगरानीमा रहनुपर्ने भएकाले उनलाई मंगलबार अस्पतालमै राखिएको हो ।

उनी चैत्रमा राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति पौडेललाई वैशाखको सुरुमामा भारतमा उपचारका लागि लगिएको थियो । उनको पेटमा समस्या देखिएको थियो ।

भारतबाट फर्किएपछि उनलाई फेरि अर्को ठूलो समस्या देखिएको हो । उनले लामो समय नेपाली काँग्रेसबाट राजनीति गरे ।

Leave a Reply