‘साम्बा’ युरोपीयन क्लबमा अनुबन्ध | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

‘साम्बा’ युरोपीयन क्लबमा अनुबन्ध

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राईकर सावित्रा भण्डारी (साम्बा)ले युरोपको फुटबल क्लबबाट ब्यवसायिक फुटबल खेल्ने भएकी छन् ।

सावित्रालाई इजरायली क्लब हापोएल रानाना एएफसीले अनुबन्ध गरेको हो । हापोएलले मंगलबार सावित्रालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ । सावित्रा यसअघि भारतको महिला लिग खेल्दै आएकी थिइन् ।

घरेलु फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी सावित्राले भारतमा दुई फरक क्लबबाट खेल्दै तीन वटा लिग उपाधि जितिसकेकी छन् ।

भारतको लिगमा सानदार प्रदर्शन गरेपछि सावित्रा युरोपेली क्लबमा छनोट हुन सफल भएकी हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);