मर्ज हुन चाहाने त्रिविका क्याम्पसहरुलाई निवेदन आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

मर्ज हुन चाहाने त्रिविका क्याम्पसहरुलाई निवेदन आह्वान

काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन चाहाने क्याम्पसहरुलाई निवेदन दिन आह्वान गरेको छ ।

मर्ज हुन चाहाने त्रिविको सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आग्रह गरेको हो ।

त्रिविबाट सम्बन्धन प्राप्त गरेको २ वा २ भन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशानलयमा निवेदन दिन सक्ने त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यसका लागि क्याम्पसहरुले सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशानलयमा निवेदन दिनुपर्नेछ ।

त्रिविका कैयौं क्याम्पसहरु न्युन विद्यार्थी र सञ्चालन खर्चको अभावमा संकटमा गुज्रिएका छन् ।

मर्ज प्रक्रियाका लागि दुबै क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समििितको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिद अनिवार्य पेश गर्नुपर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);