काठमाडौं, २९ जेठ । गौर हत्याकाण्डसम्बन्धि रिट निवेदनमाथि आज पेसी तोकिएको छ । आज न्यायाधीश कुमार रेग्मीको एकल इलजासमा सो रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेशी तोकिएको हो ।
सर्वोच्च अदालतमा गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
गत जेठ २२ गतेपनि सो निवेदनमाथि सुनुवाइका लाग पेसी तोकिएपनि सो दिन हेर्न नभ्याइने सुचीमा परेको थियो ।
२०६४ चैत्र २७ गते तत्कालिन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।