प्रधानमन्त्री कै कार्यालयमा सचिव थुप्रिए | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

प्रधानमन्त्री कै कार्यालयमा सचिव थुप्रिए

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नै सचिवहरु बेरोजगार भएका छन् । बिना काम सचिवहरुको भीड जम्मा पार्ने र हाजिर गराएर तलव खुवाउने काम प्रधानमन्त्री कार्यालयमा भएको छ ।

गत शुक्रबार मन्त्रिपरिषदले ५ जना सचिव सरुवा गरेकोमा २ जना मणिराम गेलाल र एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालयमा पठाएको हो । ५ जना को दरबन्दी रहेकोमा गेलाल र अर्याल थपिएपछि सचिवको संख्या ८ पुुगेको छ ।

प्रधानमन्त्री कार्यालयमा सचिवहरु हाल अर्याल, गेलाल, विनोदप्रकाश सिंह, उदयराज सापकोटा, गणेशप्रसाद पाण्डेय,बैकुण्ठ अर्याल,यादवप्रसाद कोइराला र खगेन्द्रप्रसाद नेपाल रहेका छन् । सचिव कोइराला असारमा सेवा निवृत्त हुँदैछन् ।

प्रधानमन्त्री कार्यालयले कहिले काँही त अतिरिक्त समुहमा सचिव थुपारेर ९ जनासम्म पुर्याउने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);