साफ च्याम्प्यिनसिप चुनौतिपूर्ण : कप्तान चेम्जोङ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

साफ च्याम्प्यिनसिप चुनौतिपूर्ण : कप्तान चेम्जोङ

काठमाडौं, २९ जेठ । साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आईतवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई विदाई गरिएको हो ।

नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला, एन्फा महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् । टोलीलाई राखेप उपाध्यक्ष शिव कोईरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे । बिदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताउनु भयो । उनले छोटो समयको तयारीका बाबजुत पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताउनु भयो । भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोली पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिष्पर्धात्मक हुने अपेक्षा राख्नुभयो । अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतिपूर्ण रहेको कप्तान किरणले बताउनु भयो । साविक विजेतासहित कुवेत जस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौति भएको बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिलिपिन्ससँगको खेलमा नेपालले स्वभाविक खेलकालागि प्रयास गर्ने बताउनु भयो । नेपाली टोली आफ्नो खेल खेल्दै प्रतियोगिताको तयारी गर्ने बताउँदै प्रशिक्षक एनेसले बलियो फिलिपिन्ससँग विगतको नतिजा जस्तो भए पनि स्वभाविक खेल्दै साफ खेलमा राम्रो गर्ने रणनीति बनाएको बताउनु भयो । फिलिपिन्सलाई रोक्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नका लागि फिलिपिन्ससँगको खेल महत्वपूर्ण रहेको भन्दै एनेसले नेपाली टोलीमा धेरै नयाँ अनुहार भएको र उनीहरुबाट आपूmले धेरै अपेक्षा गरेको भन्दै प्रशिक्षकले प्रतियोगिता राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतको बैंगलुरुमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गर्नुभएको छ । टोलीमा प्रशिक्षक एनेसले डिफेन्डरमा विमल पाण्डे र सीमान्त थापा तथा मिडफिल्डर लाकेन लिम्बूलाई समेट्दै नेपाली टोलीको गर्नुभएको हो । टोलीमा विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लवका खेलाडी हुन् ।

प्रतियोगिता असार ६ गतेदेखि भारतको बैंगलुरुमा शुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा रहेको छ । समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतले आमन्त्रित टोलीको रुपमा प्रतिष्पर्धा गर्न लागेका हुन् । यस्तै प्रतियोगिताको समूह बी मा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली उतैबाट बैंगलुरु प्रस्थान गर्ने तालिका रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);