काठमाडौं, २८ जेठ । कैलालीको जंगलमा कविता बुढाको शव भेटिएपछि उनीसँगै ससुरा र उनका छोरा पनि बेपत्ता भएका थिए । बुहारी हराएपछि साही दिन ससुराले प्रहरीलाई जानकारी दिएका थिए । सुरुमा आफै बुहारीको खोजीमा लागेका ससुरा एकाएक प्रहरीको सम्पर्कमै गएनन् । उनले नातीलाई पनि लुकाए । बुहारीको शव फेला परेपछि ससुरा प्रहरीको सम्पर्क मै गएनन् ।
कविताका ससुुरा हुन् डिल्ली सिंह । बुहारी खोजी पाउँ भनी प्रहरीको मा पुगेका ससुरा प्रति प्रहरीले सुरुमै शंका गरेको थियो । पछि कविताका दाजुले किटानी जाहेरी दरखास्त पेश गरेपछि ससुरालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । गत जेठ १८ गते ससुरा डिल्ली सिंहले बुहारीसँग निहुँ खोजेको प्रहरीले जनाएको छ ।
भान्सामा रोटी पकाउँदै आएकी बुहारीलाई ससुराले टाउकोमा पछाडीबाट चिर्पटले हानेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कविताको हत्यापछि डिल्ली र उनकी श्रीमती लहरी मिलेर शवलाई डोकोमा हाली जंगलमा खाल्डो खनेर गाढेका थिए ।
उनीहरुले शवसँगै रगतमा लतपतिएका कपडा, खन्ने फरुवा र डोको पनि सोही खाल्डोमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । कविताका श्रीमान अर्जुन बुढाले कान्छी श्रीमती विहे गरेर भारतमा बस्दै आएको खुलेको छ । कवितासँग सासु र ससुरा प्राय झै–झगडा गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुबीच भएको झगडाको कारण पटक–पटक प्रहरी कार्यालयमा मेलमिलाप हुने गरेको थियो ।
डिल्ली सिंह कविताको हत्या गरी प्रहरीलाई जानकारी गराएर आफन्तको घरमा लुक्न गएका थिए । प्रहरीले उनलाई बस्न दिएकोमा र लुकाएकोमा जयवीर बुढालाई पनि गत जेठ २३ गते पक्राउ गरेको छ । डिल्लीलाई नेपाल–भारत सिमावर्ती इलाकामा लुकिछिपी बसेको आधारमा प्रहरीले गत जेठ २७ गते पक्राउ परेको छ । त्यसअघि नै उनकी श्रीमती लहरी पक्राउ परिसकेकी छिन् । कविताका छोरा ८ वर्षीय डण्डी राज बुढा कहाँ छन् त्यसबारे प्रहरीले पत्ता लगाउन सकेको छैन् ।
केदारेश्वर सामुदायिक वनमा २७ वर्षकी कविताको शव गाडिएको अवस्थाका फेला परेको थियो । कविताको घर गौरीगंगा नपा २ हो । उनका २ सन्तान छन् ।