कालसर्प योग कसरी बन्छ ? यसबाट छुटकारा पाउने यी हुन् वैदिक उपाय | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८१, शुक्रबार

कालसर्प योग कसरी बन्छ ? यसबाट छुटकारा पाउने यी हुन् वैदिक उपाय

काठमाडौं, २६ जेठ । सबै राशिका जातकको कुंडलीमा समय–समयमा ग्रहहरूको स्थिति परिवर्तन भइरहने ज्योतिषशास्त्रमा उल्लेख छ । जसका कारण कैयौं प्रकारका योगहरू बन्छन् जसमा कुनै शुभ र केहीलाई अशुभ मानिन्छ । ग्रहको अशुभ प्रभावका कारण कुंडलीमा पनि दोष उत्पन्न हुन्छ, जसले व्यक्तिको जीवनमा नकारात्मक असर पार्छ ।

सबैमा कालसर्प दोषलाई अत्यन्त विनाशकारी मानिन्छ। ज्योतिषीहरुका अनुसार जसको कुण्डलीमा कालसर्प दोष हुन्छ, उनीहरुलाई आर्थिक, शारीरिक र मानसिक रुपमा समस्याको सामना गर्नु पर्ने हुन्छ ।

राशिफलमा कालसर्प दोष कहिले बन्छ ?
राशिफलमा राहु र केतुको अशुभ स्थानका कारण कालसर्प दोष बन्ने गर्छ । जब व्यक्तिको कुंडलीमा रहेका मुख्य ग्रहहरू राहु र केतुको बीचमा आउँछन् तब कालसर्प दोष हुन्छ। कुंडलीमा कालसर्प दोष बन्ने भएकाले अन्य ग्रहको शुभ प्रभावमा कमी आउनुका साथै अनेक प्रकारका समस्याको सामना गर्नु पर्ने हुन्छ ।

कालसर्प दोषका लक्षणहरू के के हुन्?
कालसर्प दोषको निर्माणका कारण एकै समयमा शारीरिक, मानसिक र आर्थिक समस्याको सामना गर्नुपर्ने हुन्छ।
यसका साथै कुंडलीमा यो दोष बन्ने भएकाले सन्तानसँग सम्बन्धित समस्याको सामना गर्नु पर्ने हुन्छ भने कामको क्षेत्रमा पनि समस्या आउन सक्छ ।
कालसर्प दोषको एउटा लक्षण भनेको सपनामा मृत्यु वा सर्प देख्नेलाई यो दोषको डर बढ्छ ।

कालसर्प दोषबाट बच्न अपनाउनुहोस् यी उपाय
जसको कुंडलीमा कालसर्प दोष हुन्छ, उनीहरुले शनिबार भगवान विष्णुको नियमित पूजा गरी कोइलाको टुक्रा बग्ने पानीमा फाल्नुपर्छ । यसो गर्नाले यो दोषको अशुभ प्रभाव कम हुन्छ।
शास्त्र अनुसार साउन महिनामा दुधमा पानी मिसाएर भगवान शिवलाई चढाउनुपर्छ र महामृत्युञ्जय मन्त्रको जप दिनमा कम्तीमा ३ पटक गर्नुपर्छ । यसो गर्नाले घरायसी लाभ हुने जनविश्वास छ ।
कालसर्प दोषबाट मुक्ति पाउन शनिबार पीपलको रुखको पूजा गरी कम्तीमा ७ पटक परिक्रमा गर्नुपर्ने ज्योतिषाचार्य बताउँछन् । यसो गर्दा यो दोषको प्रभाव कम हुने जनविश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);