शुक्र दोषबाट छुटकारा पाउन शुक्रबार अपनाउनुहोस् यी सजिलो उपाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

शुक्र दोषबाट छुटकारा पाउन शुक्रबार अपनाउनुहोस् यी सजिलो उपाय

एजेन्सी । व्यक्तिको कुंडलीमा ग्रह दोष र ग्रहको स्थितिलाई धेरै महत्त्वपूर्ण मानिन्छ। कुंडलीमा यी ग्रहहरूको स्थितिका कारण व्यक्ति भाग्यशाली बन्न सक्छ वा धेरै प्रकारका समस्याहरू उसलाई पर्न सक्छ। ज्योतिष शास्त्रमा विभिन्न प्रकारका दोषहरू बताइएका छन्, जसको कारणले मानिसको जीवनमा नकारात्मक प्रभाव पार्छ । यसका साथसाथै ग्रह दोषका कारण मानिसलाई आर्थिक तथा मानसिक रुपमा पनि अनेक प्रकारका समस्याको सामना गर्नुपर्ने बताईएको छ । यस्तै एउटा दोष हो शुक्रदोष, जसका कारण मानिसहरुले आर्थिक समस्या झेल्नु पर्ने हुन्छ ।

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई सुख र समृद्धिको कारक मानिन्छ । जसको कुण्डलीमा शुक्र उच्च स्थानमा हुन्छ, उसलाई जीवनका सबै क्षेत्रमा सफलता मिल्छ । तर शुक्र दोषका कारण मानिसको जीवनमा धेरै समस्याहरु आउने गर्दछ । यस्तो अवस्थामा ज्योतिषमा उल्लेख गरिएका केही उपाय अपनाएर शुक्र दोषको दुष्प्रभावलाई कम गर्न सकिन्छ । जानौं–

कुण्डलीमा शुक्र ग्रह बलियो बनाउन शुक्रबार लक्ष्मीको पूजा गरी उनको अगाडि धूप बाल्नुहोस् । यसो गर्नाले धन सम्बन्धी सबै समस्या हट्ने विश्वास गरिन्छ । यस दिन मानिसहरुले आफ्नो घरमा तुलसीको बिरुवा लगाउनुपर्छ । यसो गर्नाले शुक्रदेव प्रसन्न हुनुका साथै शुभ फल प्राप्त हुन्छ। शुक्रबारको दिन माता दुर्गा र पाँच कन्याको पूजा गर्ने शास्त्रमा उल्लेख छ । यस दिन सेतो मिठाई खुवाउनुहोस् र खाँचोमा परेकाहरूलाई सेतो चीज दान गर्नुहोस्।

यस दिन खाँचोमा परेकालाई खाना खुवाउनुहोस् र आफ्नो क्षमता अनुसार धन दान गर्नुहोस्। यसका साथै यस दिन सेतो गाईको सेवा गर्नुहोस् र तिनीहरूलाई हरियो घाँस खुवाउनुहोस्। यस दिन धार्मिक स्थलहरूमा दूध, दही, घिउ, सेतो फूल वा सेतो रत्न दान गर्नुहोस्। यस दिन विधवा महिलाहरूलाई पनि सहयोग गर्नुहोस्। यसो गर्दा शुक्र प्रसन्न हुन्छ।

Leave a Reply