काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको छ ।
बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिएपनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताउनु भयो । उहाँले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताउनु भयो । उहाँले साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको बताउनु भयो । उहाँले लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको बताउनु भयो । उहाँले निजी क्षेत्रका फाइलहरु सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताउनु भयो ।
रुपन्देहीलाई लुम्बिनी प्रदेशकै आर्थिक राजधानी बनाउने जनताको चाहनालाई लुम्बिनी केबलकारले पूरा गर्ने विश्वास रहेको बताउनु भयो । चीन र भारतको जनसंख्यालाई मध्यनजर गरी पर्यटन नीति बनाउनसके पर्यटक खोज्न भौँतारिनु नपर्ने बताउनु भयो । नेपालमा पर्यटकको बसाई अवधि बढाउनुपर्ने आवश्यकता महशुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाई लम्बाउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो । बुटवल–पाल्पाको लुम्बिनी केबलकारले नेपालको मात्र नभएर भारतका उत्तर प्रदेश र बिहार राज्यको झन्डै ३५ करोड नागरिकको पनि आकर्षक गन्तव्य बन्ने बताउनु भयो । रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।