बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्छः विनोद चौधरी

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवं उद्योगपति विनोदकुमार चौधरीले अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला आएको बजेटले लक्ष्य हाँसिल गर्न कडा मेहनत गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभामा विनियोजित बजेटबारे बिहीवार आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आम्दानी र खर्चको हिसावले निर्धारित गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्न चुनौति रहेको बताउनु भयो । उहाँले सरकारले प्रश्तुत गरेको बजेटमा देशले भुक्तानी गर्नुपर्ने ऋणको सावाँ ब्याज भन्दा विकास बजेट सानो हुन थालेको टिपणी गर्नुभयो ।

उहाँले ऋणको सावाँ ब्याज भुक्तानीको लागि १७.५५ प्रतिशत वित्तीय व्यवस्थापन गरिएको र विकास कार्यक्रमको लागि पुँजीगततर्फ १७.२५ प्रतिशत बजेट विनियोजन हुनु भनेको अर्थतन्त्र क्रमशः गिर्दो अवस्थामा गएको सूचक भएको टिप्पणी गर्नुभयो । देशले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँको खर्च गर्नुुपरेको अवस्था भनेको देशमा आर्थिक विकासको गति रोकिएको मान्नुपर्ने बताउनु भयो । सरकारले आगामी आर्थिक वर्षमा विनियोजित बजेट खर्च गर्न धेरै मेहनत गरे बजेटले सकारात्मक सुधार गर्ने अपेक्षा गर्न सकिने बताउनु भयो ।

उहाँले सरकारले प्रश्ताव गरेको बजेट गठबन्धनमा भएको सरकारले ल्याएको भएर पनि बजेटमा स्पष्ट सामाजिक, राजनैतिक दृष्टिकोणको कमी रहेको बताउनु भयो । उहाँले बजेटमा निजी क्षेत्रलाई प्रोत्साहित गरेकोले सकारात्मक रुपमा लिन सकिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);