निजामती संगठनले राष्ट्रिय महिला भेला गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

निजामती संगठनले राष्ट्रिय महिला भेला गर्ने

काठमाडौं, २५ जेठ । नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिको आयोजना र केन्द्रिय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरण  सेवामा सबलीकरण’ भन्ने मुल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको हो । संगठनका अध्यक्ष लेखनाथ कोईरालाले भेलामा देशभरबाट करिव ५०० प्रतिनिधिहरुको उपस्थिति हुने बताउनु भयो ।

भेलाको नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै भेलामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका महिला सदस्यहरु समेतको उपस्थिति हुने उहाँको भनाई छ ।

कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनैतिक नेतृत्वमा महिलाहरुको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावि लक्ष्यसहित विभिन्न पक्षहरुमा छलफल तथा वहस हुने जनाइएको छ । भेलामा श्रींलका, बंगलादेश, भारत लगायतका देशबाट विदेशी पाउनेहरु पनि आउने बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);