केबलकारको उद्घाटन गर्न प्रचण्ड बुटवल जाँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

केबलकारको उद्घाटन गर्न प्रचण्ड बुटवल जाँदै

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जादैंछन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड बुटवल जान लागेका हुन् ।

गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो ।

यो सँगै बुटवलमा पहिलो पटक केवलकार सञ्चालन हुन लागेको हो ।

बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउंपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने समेत घोषणा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);