टेकु अस्पतालको क्वाटरमा नर्सका श्रीमानले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

टेकु अस्पतालको क्वाटरमा नर्सका श्रीमानले गरे आत्महत्या

काठमाडौं, २५ जेठ । काठमाडौंको टेकुुमा एक पुरुषको शव फेला परेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुषको शव फेला परेको हो । मृतककी श्रीमती सोही अस्पतालमा नर्स रहेको प्रहरीले जनाएको छ ।

नर्स नर्वदा शर्माका श्रीमान दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी सरस्वती क्याम्पसमा कार्यरत थिए । प्रहरीको अनुसार उनी पहिला श्रीमतीसँगै क्वार्टरमै बसेका थिए ।

पछिल्लो समय उनले श्रीमतीलाई अस्पतालमा ल्याइदिने गर्थे । तर पछि भने उनी डेरा लिएर बाहिर बस्दै आएका थिए । उनले सुसाइड नोट भने छाडेका छैनन् । पोस्टमार्टमको लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);