भगवान विष्णुले सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

भगवान विष्णुले सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशिफल

एजेन्सी,२५ जेठ । आज ८ जुन २०२३ बिहीबार । आज धेरै राशि भएका व्यक्तिहरूले यस दिन विशेष सावधानी अपनाउनु आवश्यक छ। यसका साथसाथै केही राशिका यस्ता हुन्छन् जसले आर्थिक तथा व्यापारिक क्षेत्रमा उन्नति हासिल गर्नेछन् ।

मेष राशि
आज तपाईको दिन सामान्यतया राम्रो रहनेछ, आज तपाईलाई केहि आवश्यक कामको लागि बाहिर जानु पर्न सक्छ, तपाईले नयाँ कार्यको थालनी गर्न सक्नुहुनेछ, व्यवसायमा लाभ हुनेछ, आर्थिक स्थिति बलियो हुनेछ, शुभ कार्यक्रम हुनेछ। परिवार, स्वास्थ्य राम्रो रहनेछ।

वृष राशि
आज नयाँ कामको थालनी गर्न सकिनेछ, व्यापारमा साझेदारीबाट लाभ मिल्नेछ, मान–सम्मान बढ्नेछ, केही विशेष कामको लागि बाहिर जानु पर्नेछ, परिवारमा कसैको स्वास्थ्यका कारण चिन्तित रहनेछ।

मिथुन राशि
आज कुनै विपत्तिमा फस्न सकिनेछ, व्यर्थको वादविवादमा नपर्नु, वाणीमा संयम राख्नु, व्यापारमा कुनै नयाँ कामको थालनी नगर्नु, आर्थिक जोखिम नलिनु, परिवारका सदस्यहरुसँग मनमुटाव बढ्न सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

कर्कट राशि
आज स्वास्थ्यको ख्याल राख्नु होला, खानपानमा नियन्त्रण राख्नु होला, अनावश्यक वादविवादबाट टाढा रहनु होला, पैतृक सम्पत्तिका कारण परिवारमा विवाद उत्पन्न हुनसक्छ, कुनै नयाँ काम राम्ररी सोचेर गर्नु होला, कसैको अत्याधिक दबाबले बिश्वासले हानी पुर्याउन सक्छ, सावधानीपूर्वक चलाउने आदि

सिंह राशि
आज पुराना रोकिएका काम पुरा हुनेछन्, मन प्रफुल्लित हुनेछ, कार्यस्थलमा प्रियजनको सहयोग मिल्नेछ, प्रशासनिक क्षेत्रमा काम गर्ने व्यक्तिको पदोन्नति मिल्नेछ, श्रीमतीको सहयोग मिल्नेछ । पुरानो साथीसँग भेटघाट गर्नुपर्नेछ, नयाँ कामको थालनी गर्न सकिनेछ।विशेष व्यक्तिको सहयोग प्राप्त हुनेछ।

कन्या राशि
आज तपाईको स्वास्थ्य ठीक रहनेछ, मन प्रसन्न रहनेछ, आर्थिक स्थितिमा सुधार आउनेछ, व्यवसायमा नयाँ कामको थालनी गर्न सकिनेछ, जसबाट लाभ मिल्नेछ, ठूलो साझेदारीमा साझेदार बन्न सकिनेछ, पारिवारिक सहयोग मिल्नेछ, घरपरिवारमा शुभ फल मिल्नेछ, कार्यहरु बन्नेछन् ।

तुला राशि
आज स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्, खानपानमा नियन्त्रण गर्नुहोस्, कतै बाहिर नजानुहोस्, कसैलाई ठूलो रकम ऋण नदिनुहोस्, व्यापारमा पुरानो सहयोगी साथीको कारणले घाटा बेहोर्नु पर्न सक्छ, वादविवादबाट टाढा रहनुहोस्।

वृश्चिक राशि
आजको दिन स्वास्थ्यमा ह्रास आउनेछ, कामको अत्याधिक कारणले मानसिक तनाव र शारीरिक थकानको अनुभव हुनेछ, केही कामका कारण लामो समय यात्रा गर्नु पर्नेछ। आज तपाईको नजिकको व्यक्तिको कारण विवादमा फस्न सक्छ, परिवारसँग मतभेद हुन सक्छ।

धनु राशि
आज धार्मिक यात्रा आदिमा जान सकिनेछ, आज मन प्रसन्न रहनेछ, घरपरिवारमा शुभ कार्य हुनेछ, मन अध्यात्मतर्फ आकर्षित हुनेछ, स्वास्थ्यमा केही उतारचढाव आउनेछ, नयाँ काम हात लाग्नेछ । व्यापार, कसैले नयाँ गाडी, घर आदि किन्न सक्छ।

मकर राशि
आज घुम्न बाहिर निस्कन सकिनेछ, स्वास्थ्यमा आरामको अनुभूति हुनेछ, परिवारमा स्नेह र मायाको वातावरण रहनेछ, आज परिवारका सदस्यहरूसँग नयाँ कामको थालनी गर्न सकिनेछ, व्यापारमा नयाँ काम मिल्नेछ, नयाँ क्षेत्र, अपरिचित व्यक्तिलाई कुनै पनि ठूलो रकम ऋण नदिनुहोस्।

कुम्भ राशि
आज तपाई आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुन सक्नुहुन्छ। मन चंचल रहनेछ, परिवारका कुनै सदस्यबाट मनमुटाव हुनेछ । आज वादविवादमा नपर्नु राम्रो हुनेछ, अन्यथा अपमानको सामना गर्नु पर्नेछ, व्यापारमा उतारचढाव आउनेछ, आज काममा बाधा आउनेछ।

मीन राशि
आज अलि सजग रहनुहोला, सवारी साधन आदिको प्रयोगमा सजग रहनुहोला, वादविवादबाट टाढै रहनुहोला, परिवार–समाजमा विशेष व्यक्तिसँग विवादको स्थिति आउन सक्छ । घरमा शुभ कार्यको सम्भावना छ, स्वास्थ्यको ख्याल गर्नु होला।

Leave a Reply