बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भएको नेपालको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भएको नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भएको भन्दै सरकारसँग जवाफ माग्ने बताउनुभएको छ ।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भएको टिप्पणी गर्नुभएको हो । उहाँले बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको भन्ने बारेमा सरकारसँग त्यसको आधार माग्ने बताउनु भयो ।

उहाँले आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने स्पष्ट गर्नुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको भन्दै सबै प्रक्रियालाई विचार गरेर भ्रमण भएको हो वा होइन भन्नेबारेमा पार्टीका नेता र सत्तारुढ दलका नेताहरुसँग बुझ्ने बताउनु भयो ।

अध्यक्ष नेपालले विदेशमा रहेका नेपालीहरुले नेपालमा लगानी गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको र अस्ट्रेलियामा पनि आफूले विभिन्न शहरमा पुगेर प्रवासी नेपालीहरुसँग भेट गरेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);