कविताको शव फेला, ससुरा र छोरा अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

कविताको शव फेला, ससुरा र छोरा अझै बेपत्ता

death body

काठमाडौं, २३ जेठ । कैलालीको जंगलमा कविता बुढाको शव भेटिएपछि उनीसँगै गएका ससुरा र उनका छोराको पनि खोजी भइरहेको छ ।

कवितासँगै ससुरा र छोरा पनि हराएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएका थिए । उनीहरु अझै भेटिएका छैनन् ।

कविताका छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय दिलिप सिह बुढा पनि सँगै हराएको भन्ने खबर प्रहरीलाई उनका दाजुले जानकारी गराएका थिए ।

केदारेश्वर सामुदायिक वनमा कविताको शव गाडिएको अवस्थाका फेला परेको हो । कविताको घर गौरीगंगा नपा २ हो । उनी २७ वर्षकी हुन् ।

कविताका २ सन्तान छन् । उनका पति कामको शिलशिलामा भारतमा छन् ।

Leave a Reply