प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयोः योगेश भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयोः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बन्नुभएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीको नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताउनु भयो । उहाँले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रश्तुत गरिरहेको भन्दै बिरोध जनाउनु भयो । उहाँले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज संसदमा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो । यसरी निरीह भएर कहिल्यै पनि प्रश्तुत भएको छैन । किनभने उहाँसँग कुनै तर्क नै छैन । उहाँको धारणा नै कमजोर र फितलो छ । उहाँले विधेयक प्रमाणीकरणको गलत बाटो अपनाउनुभएको छ ।

अदालतले रोकिदिइसकेको छ । उहाँसँग कुनै तर्क छैन । अनि कुतर्क गर्ने भावनात्मक कुरा गर्ने, प्रधानमन्त्रीले संसदलाई ढाँट्न भएन, बंगलादेश बाटोबारेमा म बोलेकै छैन, हामीले सुनाइदिएका छौँ त, अनि भारतमा गएर नेपालको बारेमा विवादास्पद अभिव्यक्ति दिने । यत्रो मुलुकलाई विवादित बनाएर उहाँले विष खुवाउनुभएको छ ।’
सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोप लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);