एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८३, मंगलबार

एमालेले प्रधानमन्त्रीसँग जवाफ माग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।

शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिनुभएको थियो । संसदीय दलको बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहीतका कुनै विषय उठान गर्न नसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले भारतभ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरु किन नउठाएको भन्ने प्रश्न गने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको टिप्पणी गर्नुभयो ।

गिरीले धरातलीय यथार्थलाई नबुझीकन बजेट ल्याइएको दाबी गर्नुभयो । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रीपरिषद्ले बाध्य पारेको भन्दै संसद छलेर नागरिकता विधेयक ल्याएकोप्रति बिरोध गर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार