नेपालमा ८१.१९ प्रतिशत हिन्दु, मुस्लिम र क्रिस्चियन बढे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

नेपालमा ८१.१९ प्रतिशत हिन्दु, मुस्लिम र क्रिस्चियन बढे

काठमाडौं, २० जेठ । नेपालमा हिन्दु धर्मालम्बीको जनसंख्या ८१.१९ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ । २०७८ सालको जनगणना शुक्रवार साँझ सार्वजनिक भएकोमा हिन्दू र बुद्ध धर्मालम्बीको जनसंख्या प्रतिशत केही घटेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार इस्लाम ५.०९, किराँत ३.१७, इस्लाम १.७६ प्रतिशत रहेका छन् ।

२ करोड ३६ लाख ७७ हजार ७४४ हिन्दु हुँदा बौद्ध धर्मालम्बी २३ लाख ९३ हजार ५४९ रहेका छन् । इस्लाम १४ लाख ८३ हजार ६६ पुगेका छन् । किराँत ९ लाख २४ हजार २०४ र क्रिस्चियन ५ लाख १२ हजार ३१३ छन् ।

२०६९ को जनगणनामा ८१.१३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्मालम्बी थिए । यो तथ्यांक अनुसार हिन्दु ०.११ प्रतिशत र बौद्ध धर्मालम्ब्ी ०.७९ प्रतिशतले घटेका छन् ।

इस्लाम ०.६९ प्रतिशत र क्रिस्चियन ०.३६ प्रतिशतले बढेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);