एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरु तोकेको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशमा लेखराज भट्ट, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, गण्डकी प्रदेशमा गोकर्ण बिष्ट, मधेस प्रदेशमा योगेश भट्टराई र कोशी प्रदेशमा रघुवीर महासेठलाई इन्चार्ज तोेकेको छ । पार्टीको केन्द्रिय संगठन विभागको प्रमुख काशिनाथ अधिकारीलाई र प्रचार तथा प्रकाशन विभागको संयोजक राजेन्द्र गौतमलाई बनाइएको छ ।

त्यस्तै बैठकले राष्ट्रपतिबाट नेपाल नागरिकता विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ उपमहासचिव ज्ञवालीले सरकारको यस कदमले संसदको विशेषाधिकारको हनन भएको र पार्टीले असंवैधानिक कदमको देशभर बिरोध गर्ने बताउनु भयो ।

त्यस्तै गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते टिकापुर घटनाका आरोपी पूर्व सभासद रेशम चौधरीलाई आम माफी दिनुले गम्भीर प्रश्न उठाएको बताउनु भयो ।

बैठकले योजना र नीतिसँग जोडिएको विभागको नेतृत्व ईश्वर पोखरेल, पूर्वाधार निर्माण र विकाससँग जोडिएको विभागको नेतृत्व सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम रामबहादुर थापा, सामाजिक विकाससँग सम्बन्धित अष्टलक्ष्मी शाक्य, मानव श्रोतसँग सम्बन्धित विभाग युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसँग जोडिएको विभाग सुवासचन्द्र नेम्वाङ र संगठन प्रशिक्षणसँग जोडिएको विभागको नेतृत्व विष्णुप्रसद पौडेलले गर्ने जिम्मेवारी तोकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);