माउण्टेन टिभी एचडि
विद्या तामाङ
काठमाडौँ । इतिहासको त्यो ,कालो दिनका रुपमा आज दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा विरेन्द्र शाह सहित राजपरिवारका १० जनाको हत्या अझैँ पनि रहस्यमय नै छ नै । भर्खरै १६ औ गणतन्त्र दिवस मनाइरहँदा जनतामा उत्साह भन्दा पनि निशारा , आक्रोश र वितृष्णा मात्र झल्किपनि राजतन्त्रको अन्त्य गर्न महत्वपूर्ण भुमिका खेलेका राजनिति दलहरुले समेत आज राजा वीरेन्द्रको गुनगान गाउँदै सामाजिक सञ्जालमा श्रद्धा सुमन प्रकट गरिरहेका छन् ।
स्वर्गिर्य राजा वीरेन्द्र वीरविक्रम शाहको जन्म २००२ पुष १४ गते पिता महेन्द्र वीरविक्रम शाह र आमा इन्द्रराज्यलक्ष्मी देवी शाहबाट भएको थियो । तत्कालीन राजा महेन्द्रको निधनपछि २०२८सालमा गद्दी सम्हालेका विरेन्द्रको ३० बर्षे कार्यकालमा नेपालको राजनीतिले निकै उतार चढाव लियो । राजनीतिक दलहरूको तीब्र विरोधका बीच तत्कालीन राजा वीरेन्द्रलाई निर्दलीय पञ्चायती व्यवस्थालाई निरन्तरता दिनु मुख्य चुनौती थियो । महेन्द्रले जस्तो कठोर निर्णय नगर्दै समय अनुसार विरेन्द्रले निकै उदारता पनि देखाए ।
जनमत संग्रह, संवैधानिक राजतन्त्र स्विकारेर जनजाहनाको कदरबाट राज विरेन्द्रको उदारता प्रष्ट हुन्छ । ०३७ सालको आन्दोलनपछि राजा वीरेन्द्रले राजनीतिक दलमाथिको प्रतिबन्ध हटाएर २०४६ सालमा संवैधानिक राजा बन्न सहमति गरेको उदारताको गतिलो उदाहरण हो । विदेशी शक्तिको चलखेललाई ठाडै अस्वीकार गर्ने राजाका रुपमा वीरेन्द्रको छविको अहिले पनि कदर हुने गरेको छ । त्यसैले पनि राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापित गर्ने नेता काइकर्ताहरुले राजा वीरेन्द्रलाई भने सम्झीरहेका छन् ।
देशलाई शान्ति क्षेत्र घोषित गर्न ,विकासोन्मुख राष्ट्र निमार्ण गर्न होस् वा शासन व्यवस्थाको समयानुकुल परिवर्तनमा राजा वीरेन्द्रको उदारभावलाई आज पनि स्मरण गरिरहेका छन् । जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्रको १६ औँ वार्षिकोत्सव मनाइरहदा नदेखिएको उत्साह , विरेन्द्रको वंश नै नास भएको दिन भने देखिएको छ । मुलुकको आर्थिक अवस्था,विकास र समृद्धिका क्षेत्रमा उल्लेख्य पूर्वाधार निर्माणको अपेक्षा गरेको आम जनता अहिले सरकारको प्रखर आलोचक भइसकेका छन् ।
देशमा व्याप्त भष्ट्राचार विसंगति , विकृति, विदेशी शक्तिसगँ यीनै दलहरु लिप्त हुनु आम जनताको नैराश्यताको प्रमुख कारण बनेको छ । राजतन्त्रको अन्त्य भएपनि धेरै राजा बनेर शक्ति संघर्ष गर्दै सत्तामा ,हालीमुहाली गर्दा देशको दुराअवस्थाको नियति आम जनताले भोग्नु परिरहेको छ । राजा विरेन्द्रको विकासप्रेमी छवि पछिल्ला समय अझै गाढा बन्दै गएको छ ।