काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ । बिहान ११ जबेदेखि जारी बैठकमा नागरिकतालगायतका विषयमाथि छलफल भइरहेको छ ।
बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।
रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपतिले संसदीय मुल्य मान्यता र राष्ट्रहित विपरित गएर विधेयक प्रमाणीकरण गरेको भन्दै टिप्पणी गरेका थिए ।
रवि बुधबार भारत पुगेका छन् ।