दुइटा छोरासहित आमाले गरिन् विष सेवन, एउटा छोराको मृत्यु अर्कोको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

दुइटा छोरासहित आमाले गरिन् विष सेवन, एउटा छोराको मृत्यु अर्कोको अवस्था गम्भिर

death

काठमाडौं, १८ जेठ । मकवानपुरमा एक महिलाले दुई छोरालाई विष खुवाएर आत्महत्या प्रयास गरेकी छिन् । सोनी पाख्रिनले खुवाएको विषले उनका एउटा छोराको मृत्यु भइसकेको छ । अर्का छोरा र उनको पनि अवस्था गम्भिर रहेको छ । उनीहरुको आईसीयु कक्षमा उपचार भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ आफ्ना साना छोराहरु अस्किन र जेनिस वाइबालाई विष खुवाएर आफुले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफुसहित बच्चालाई खुवाएकी हुन् ।

पाख्रिनसहित २ छोरालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएपनि चितवनको भरतपुर रिफर गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);