यादवको जागिर अवधि २४ वर्ष,चार करोड बढी गैरकानुनी आम्दानी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

यादवको जागिर अवधि २४ वर्ष,चार करोड बढी गैरकानुनी आम्दानी

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं, १७ जेठ। सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो ।

यादवले सरकारी सेवामा प्रवेश गरेदेखिको २४ वर्षको अवधिमा गरेको वैधानिक आम्दानी र कुल खर्च, लगानीसहित सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिएको आयोगको प्रवक्ता भोला दाहालले बताउनुभयो ।

आयोगका अनुसार यादव २०४६ साल जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका थिए । गत असारसम्ममा यादवको कुल खर्च एवं लगानी ७ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपियाँ १२ पैसा खर्च रहेको पाइएको छ । जबकि, यादवको वैधानिक आय २ करोड ७७ लाख २२ हजार ५० रुपियाँ ४६ पैसा हुनुपर्ने आयोगको अनुसन्धानले देखाएको छ । निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादात्म्यता देखिन नआई ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपियाँ २६ पैसा बराबर सम्पत्ति ऋणात्मक देखिई वैधानिक स्रोत पुष्टि हुन नसकेको प्रवक्ता दाहालको भनाइ रहेको छ ।

‘वैधानिक रूपले आर्जित सम्पत्तिको अनुपातमा मनासिव नदेखिने निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्चस्तरको जीवनयापन गरेकाले सार्वजनिक पदको दुरुपयोग गरेको प्रमाणित हुन आएको छ’ –प्रवक्ता दाहालले भन्नुभयो । सो कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आयोगले जनाएको छ ।

आयोगले निजको समग्र व्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ निज र निजको एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बिमाको प्रिमियम भुक्तानी, सेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण÷सापटीको सावाँब्याज भुक्तानी, पारिवारिक घर खर्च, विभिन्न शीर्षकमा राजस्व÷कर तिरेको र बैंक मौज्दात समेतलाई आधार लिएको थियो ।

त्यसै गरी समग्र आयको आधारको रूपमा निज र निजको सगोलका परिवारको आय आर्जनतर्फ निजको पारिश्रमिक÷तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, घरभाडा, बुहारीको पारिश्रमिक बचत, बिमा फिर्ता, विदेश तालिम आयबाट वचत, ऋण सापटी, उपचार खर्च, सञ्चित बिदाको रकम, कर्मचारी सञ्चय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकासबाट प्राप्त रकम, निजको पेन्सन आयबाट बचत र छोराको तलब बचतसमेत लाई लिइएको थियो ।

निज यादवउपर ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपियाँ २६ पैसा बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम कैद तथा जरिवानाको सजाय गरी पाउन मागदाबी लिइएको छ ।

त्यसै गरी यादवले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति स्रोत खुलेको घर, जग्गाहरू, बैंक मौज्दातसमेतका सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ ९ग०, दफा २९ को उपदफा ९१० र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२०, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत÷असुल उपर गरी पाउन मागदाबी लिइएको छ ।

यादवले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती रिता रानी, छोराद्वय विकास यादव र अविनास यादवको नाममा खरिद गरिएका जग्गा, घर निर्माण र बैंक मौज्दातको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिको जफत गर्ने प्रयोजनार्थ उनीहरूलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६९ग०, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम यादवका परिवारलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइ हाल कायम रहेको घर, जग्गा र बैंक मौज्दातसमेतबाट बिगो जफत गरी पाउन मागदाबी लिइएको आयोगले जनाएको छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);