काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (मंगलबार) पनि सुनुवाइ भएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा अन्तिम सुनुवाईको लागि पेशी तोकिएको थियो । न्यायाधीश राईले पीडितका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गर्दै निवेदन दिए। न्यायाधीश राईले उक्त निवेदन पनि साथै राखेर सुनुवाई गर्नुपर्ने तर्क गरेपछि बहस नभएको हो ।
आजपनि सुनुवाई नभएपछि सन्दीप लामिछाने जिम्बाबे जानबाट नपाउने भएका छन् । अब लामिछानेविरुद्धको मुद्दामा अब अर्को साता पेशी तोकिने छ । आज पनि सुनुवाई नभएपछि सन्दीपले नेपाली टिमलाई यात्राका लागि शुभकामना दिएका छन् ।
नेपाली टिम आजै बेलुकी दक्षिण अफ्रिका उड्दैछ । दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्नेछ ।
‘मलाई तपाईंहरू र तपाईंको क्षमताहरूमा विश्वास छ। तपाईहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वलाई आफ्नो क्षमता देखाउनुभएको छ । अब तपाइँ सबैको लागि तपाइँको क्षमतामा विश्वास गर्ने समय हो। तपाईं जहाँ जानुहुन्छ आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहोस । यात्राको शुभकामना,’ उनले लेखेका छन् ।




