काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमुलक र पूर्वाधार क्षेत्रमा लगानी गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रश्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमुलक र पूर्वाधार क्षेत्रमा लगानी गरिने बताउनु भयो। उहाँले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई बिस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने बताउनु भयो। उहाँले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने बताउनु भयो । उहाँले कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमा, व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा उपयोग गरिने बताउनु भयो ।
त्यस्तै सरकारले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिष्पर्धा कायम गर्ने घोषणा गरेको छ । अर्थमन्त्री महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र वितरण प्रणालीमा सुधार गरिने बताउनु भयो।
उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायत आधारभुत सेवाको गुणस्तरीयता सुनिश्चित गरिने बताउनु भयो। उहाँले उपभोक्ताको हीत संरक्षण गर्न सम्वन्धित निकायलाई सशक्त बनाई बजार अनुगमन तथा नियमनलाई सुदृढ गरिने समेत बताउनु भयो। उहाँले सरकारले देशभर उपलब्ध अत्यावश्यक खाद्य पदार्थ उत्पादन, मौज्दात तथा आपूर्तिको अद्यावधिक सूचना प्राप्त हुने प्रणाली विकास गर्ने बताउनु भयो। उहाँले सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री वितरण गर्ने पसल सञ्चालन गर्न सहकारी संस्थालाई प्रोत्साहित गरिने बताउनु भयो ।