काठमाडौं । सामुदायीक विद्यालयमा सञ्चालित दिवा खाजामा जंक फुड दिन नपाइने भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
उक्त कार्यक्रमलाई निरन्तरता दिदै सरकारले ८ अर्ब ४५ करोड विनियोजन गरेको छ । जंक फुडको ठाउँमा स्थानीय तथा रैथाने कृषी उपजबाट तयार गरिएको पौष्टीक आहार उपलब्ध गराईने भएको छ ।