फेरी राष्ट्रिय एकताको खाँचो छ : प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

फेरी राष्ट्रिय एकताको खाँचो छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्ध नेपालका लागि फेरी राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । गणतन्त्र दिवस, २०८० को अवसरमा काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

‘नेपाली जनताको आर्थिक, सामाजिक र साँस्कृतिक रूपान्तरण यो व्यवस्थाको अभिष्ट हो ।’प्रधानमन्त्री दाहालले भने,‘संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकारलगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपदर्छ र हुँदै पनि गएका छन् ।’

यसको निम्ति नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले क्रमशः आकार लिन थालेको समेत दाहालले स्पष्ट पारे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको उल्लेख गर्दै लोकतन्त्रमा विभिन्न धारणा र विचारहरू हुनु स्वाभाविक भएको बताए ।

महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकताको जगलाई अझ मजबुत बनाउन सकिने उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);