रास्वपाले गर्यो रेशम चौधरीलाई आममाफी दिने घोषणाको विरोध | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

रास्वपाले गर्यो रेशम चौधरीलाई आममाफी दिने घोषणाको विरोध

काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेल सजाय काटिरहेको रेशम चौधरीलाई सरकारले आममाफी दिने निर्णयको विरोध गरेको छ ।

२०७२ भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्मकैदको सजाय पाएका चौधरीलाई कैदमुक्त गर्न सरकार नै योजनावद्ध रुपमा लागेको पार्टीको ठहर छ ।

महामन्त्री मुकुन्द ढकालले एक विज्ञप्ती जारी गर्दै सरकारको उक्त कदम पूर्वाग्रही तथा आममाफीको मर्म विपरित मात्र नभई पीडितका सन्दर्भमा अन्यायपुर्ण समेत रहेको उल्लेख गरेका छन् ।

चौधरीलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकोले ढकालको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);