काठमाडौं, २४ पुष । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुखको नियुक्तिको विषयलाई लिएर आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो । संविधानमा सरकारको प्रतिनिधिको रुपमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुक्ति गर्ने व्यवस्था छ । खासगरी निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रदेश प्रमुख नियुक्त नगर्न दबाब दिंदै आएकाले प्रधानमन्त्री देउवा यस विषयमा छलफलका लागि राष्ट्रपति भवन पुग्नुभएको हो ।
प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ विजयी हुने उम्मेदवारको नाम घोषण गर्न सकेको छैन । विजयी उम्मेदवारको नाम घोषणा गरेको सात दिनभित्र आयोगले प्रदेश प्रमुखलाई निर्वाचनमा जित हात पार्ने उम्मेदवारको सूचि बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।