चार बजे बोलाईएको संसद बैठक अझै सुरु भएन् | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८१, बिहीबार

चार बजे बोलाईएको संसद बैठक अझै सुरु भएन्

काठमाडौं । चार बजे बस्ने भनिएको संघीय संसद् प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन् ।

प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा जनाइएको छ । यसअघि शुक्रबारको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो । सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगन गरेको बैठक साझसम्मको प्रयासपछिपनि बस्न नसकेपछि स्थगित भएको हो ।

सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाए पनि विभिन्न चरणको सर्वदलीय बैठकसँगै बैठक पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो । तर सहमति हुन नसकेपछि बैठक आज अपराह्न ४ बजे बस्नेगरी बोलाइएको थियो । आज प्रमुख तीन दलहरुको बैठकले माओवादी सांसद दाहालको भनाई संसदको रेकर्ड बाट हटाउने सहमति भएको थियो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ । तर, बैठक बस्न ढिलाई भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);