श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैनः मन्त्री भण्डारी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैनः मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताउनु भयो । उहाँले आफैँले बोल्ने वाक्यहरुले आफैँलाई पिरोल्ने गरेको बताउनु भयो । उहाँले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताउनु भयो । मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताउनु भयो ।

उहाँले श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमीकहरुको लागि राम्रो अवसर हुने बताउनु भयो । उहाँले श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताउनु भयो ।

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);