काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।
खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले सो माग राख्नु भएको हो । गरिव मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उहाँको तर्क थियो । सांसद भण्डार ीले ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
उहाँले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताउनु भयो । उहाँले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशीयाकै सवल हुने दावी समेत गर्नु भयो । सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुनेगरी कानुन निर्माण गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद भण्डारीले भन्नुभयो, ‘नेपालको वर्तमान अवस्था, परिवेश, नेपाली जनताले भोगिरहेका समस्याहरु र सरकारले गर्नुपर्ने सम्बोधनमा बारेमा मलाई केही बोल्ने अवसर पार्टी वा सभामुख महोदयबाट उपलब्ध गराउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । म पौष ३ गते जलन केशबाट जुन मैले परिवेश व्यहोर्नु प¥यो । जुन शारिरीक अवस्थामा पुग्नु प¥यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु परेको छ । गत वर्ष ११० जनाले मृत्युवरण गर्नु भएको थियो । अहिलेको वर्षमा १÷२ दिन अगाडिबाहेक मेरो आमा थपिँदा ११० जना पुगेको थियो । र, जलन केश देशभरी फैलिएको छ । हामीले जसरी विज्ञानको विकास ग¥यौं । गाउँगाउँमा ग्याँस पुग्यो । गाउँगाउँका विजुली पुग्यो । गाउँगाउँमा बस पुग्यो । गाडीहरु गए । तर हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन ? भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बसहरु बच्चाहरु स्कुुल जाँदा कसरी क्रस गर्ने वा ग्याँस कसरी बाल्ने वा विजुली कसरी बाल्ने ? सानो बच्चाले पढन पाउँछन विश्वका अरु देशहरुमा । तर हाम्रा विज्ञहरु, पाठयक्रम निर्माताहरु कसैलाई पनि यसबारेमा ध्यान भएन । सबैले ठूला ट्रक र डोजरहरु नदीको किनारमा देख्दछन । तर त्यही नदीको किनारमा एउटा गरिव जनताले बालुवा चालेर गिटी निकालेको मान्छेलाई देख्दैनन् । त्यही मान्छेले भोट दिएर हाम्रो पहिचान बनाएको छ । त्यही व्यक्तिले भोट दिएर हामीलाई यहाँ आएर बोल्ने बनाएको छ । तर हामी देख्दा डोजर देख्छौं, जसले बालुवा धेरै उठाउन सक्छ । तर, जसले हामीलाई मत दिन्छ, उसलाई देख्न सक्दैनौं । यो अवस्था सबै क्षेत्रमा नेपालमा भयो । त्यस आधारमा त्यसको भिक्टिम पनि हामी भयौं । र, आज मलाई यो बेलामा राखौं जस्तो लाग्यो । यस अवसरमा मलाई रेस्क्यू गरेर मलाई अवस्थामा ल्याएर बोल्ने बनाउने वर्तमान सरकार, माननीय सभासद्ज्यूहरु, शुभचिन्तकज्यूहरु, र डाक्टरहरु र स्वास्थ्यकर्मीजीहरु । र, जसले मलाई यो अवस्थामा ल्याउनका लागि सहयोग गर्नु भयो । म सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । सभामुख महोदय, छिमेकी देशमा मलाई पठाएर मैले त्यहाँ गएर हेरेँ । डाक्टरहरुले भन्नु भयो–विगत ३ वर्षमा ३ जना मानिसमात्रै भेन्टिलेटरमा गएर बाँचेको रहेछ । त्यसमध्ये म एउटा नेपाली शौभाग्यले बाँचेर आएको बोल्न पाएको छु । सभामुख महोदय, यसको बारेमा मैले केही बोल्नुनै पर्ने हुन्छ । आज गर्वका साथ म भन्न चाहन्छु–अरु देशमा भन्दा हाम्रा देशका स्वास्थ्यकर्मीहरु, डाक्टरहह्रु कम छैनन् । यदि कन्फिडेन्ट डाक्टरहरु छन, म जुन हस्पिटलमा गएँ, जम्मा बाबुछोराले चलाउनु भएको हस्पिटल । एशीयाको सबैभन्दा राम्रो हस्पिटल भन्नु हुन्छ । बाबुछोराले चलाउनु भएको छ । डाक्टर त हाम्रो कीर्तिपुरमा ११÷१२ जना हुनुहुन्छ । सुष्मा ट्रष्टमा उत्तिकै डाक्टर हुनुहुन्छ । फिजियोथेरापिष्ट र नेपालको डाक्टर त विश्वकै प्रतिस्पर्धी हुनुहुन्छ भन्ने लाग्छ मलाई । यस्तो छ । यसकारण मैले आउँदाआउँदा पनि प्रधानमन्त्रीजीलाई अनुरोध गरेँ–हामीले एउटा हस्पिटल बनायौं भने एशीयाकै सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ । क्लाईमेटको हिसावले पनि, खर्चको हिसावले पनि । यो अनुरोध मैले प्रधानमन्त्रीजीलाई गर्ने अवस्था पाएँ । त्यसकारणले यसका निम्ति के गर्नु पर्छ ? हामीले पहिला, जो हामीलाई थामी रहेका छ, कीर्तिपुर र सुष्माले । अहिले एउटा हामीलाई भवनको आवश्यक्ता रहेछ । दोस्रो, हामीले जो विरामी छन । क्यान्सरको विरामीलाई, हर्टको विरामीलाई, किड्नीको विरामीलाई हामीले जुन सहयोग गर्छौ । त्यो सहयोगमा यो जलनको विरामीलाई पनि जोड दिन पर्ने रहेछ । यो केशमा धेरैजसो रिमोटको, गरिवको बच्चाहरु, गरिव मानिसहरु यसमा पर्दो रहेछ । त्यसकारणले सभामुखज्यूमार्फत् मैले सरकारलाई यो अनुरोध गरेँ । सबै नेपालीको । यसमा धेरै ठूलो दर्द लुकेको छ भन्ने कुरा राख्न चाहेँ । तेस्रो कुरा पाठ्यक्रममा कमसेकम विजुली बाल्दा, ग्याँस बाल्दा, बाटो क्रम गर्दा त हाम्रो पाठ्यक्रममा हुनु प¥यो नि । हाम्रा सात वर्षका बच्चाले त जान्न प¥यो नि । हामीले रोजेको विज्ञहरु यीनै हुन ? हामीले मानेका व्यक्ति यिनै हुन ? यिनका भाषण सुन्नु पर्ने, यिनका कुरा सुन्नु पर्ने, यिनले लेखेका किताव पढनुपर्ने, तर कमन पिपुलहरुलाई यति पनि नगर्ने भनेपछि हामी कति पछि होउला ? यो कुरा सबैभन्दा महत्वपूर्ण छ । अर्को कुरा ग्याँस उद्योगहरुलाई रेगुलेटर, स्वचालित रेगुलेटरहरु पाईदो रहेछ । सरकारले कानुन बनाएर रेगुलेटर स्वचालित भए त अरु रेगुलेटर राख्न पाईन्न भने त यसको केश नै कम हुन्छ नि । यसलाई कानुन बनाउनका निम्ति पनि सभामुखज्यूमार्फत् मैले चाँही आग्रह गर्न चाहेँ, सरकारलाई आग्रह गर्न चाहेँ । ’
त्यस अवसरमा सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरु, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गर्नु भयो ।