काठमाडौं, १० जेठ । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नेपालको संविधानको धारा ८० बमोजिम वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको सपथ गराएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराएका हुन् । प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मंगलबार २ मन्त्री नियुक्त गरेका थिए ।