मृत्युअघि साथीहरूसँग पार्टी गर्दै थिए आदित्य, अन्तिम पोस्ट भाइरल | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

मृत्युअघि साथीहरूसँग पार्टी गर्दै थिए आदित्य, अन्तिम पोस्ट भाइरल

नयाँ दिल्ली,९ जेठ । ’स्प्लिट्सभिला’ र ’गांडी बात’ फेम अभिनेता आदित्य सिंह राजपुत अब यो संसारमा रहेनन् । सोमबार अभिनेताको शव उनको घरको बाथरूममा फेला परेको थियो। अभिनेताको निधनले उनका फ्यान, परिवार र साथीहरु निकै चकित भएका छन् । समाचारमा विश्वास गर्ने हो भने आदित्यको मृत्युको कारण ड्रग ओभरडोज भएको अनुमान गरिएको छ ।

तर कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै वास्तविक कारण खुल्नेछ । यसैबीच, आदित्यको अन्तिम पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। आदित्यले इन्स्टाग्राम स्टोरीमा एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी साथीहरूसँग बाहिर निस्किएको देखिएका छन् । फोटो सेयर गर्दै उनले क्याप्शनमा लेखेका छन्,’बेस्टीज के साथ संडे, फंडे।’

यसैबीच, अब आदित्यका साथी र डिजाइनर रोहित वर्माको एक भिडियो सार्वजनिक भएको छ, जसमा उनले ड्रग ओभरडोजले आफ्नो साथीको मृत्युको कारण भएको हल्ला मात्रै भएको दाबी गरेका छन्। उनले भने,‘यस विषयमा अनुसन्धान भइरहेको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । यस्ता अड्कलबाजी गर्नुहुँदैन, बरु प्रतिवेदन आउने प्रतिक्षा गर्नुपर्छ ।’ उनले ६ दिनअघि पनि आदित्यसँग कुराकानी भएको बताए । अभिनेता स्वयंले उनलाई सन्देश पठाए। अभिनेता योग प्रशिक्षकको खोजीमा थिए। उनले आफ्नो योगा भिडियो हेरेपछि रोहितलाई म्यासेज गरे । रोहितले आदित्यको मृत्युले आफू निकै दुखी भएको बताए

आदित्य सिंह राजपूत एक अभिनेता, मोडल र फोटोग्राफर थिए। उनी दिल्लीबाट आएका थिए र मोडलको रूपमा सुरु गरेका थिए। उनी ‘क्रांतिवीर’ र ‘मै गान्धी को नही मारा’ जस्ता फिल्ममा देखिएका थिए । यसबाहेक उनले ’स्प्लिट्सभिला ९’, ’लभ’, ’आशिकी’, ’कोड रेड’, ’आवाज सिजन ९’, ’ब्याड ब्वाई सिजन ४’ र धेरै शो र धेरै विज्ञापनहरूमा पनि काम गरे।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);