नीति तथा कार्यक्रम कन्फ्युजनहरुको संगालोः राजकिशोर यादव | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

नीति तथा कार्यक्रम कन्फ्युजनहरुको संगालोः राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको संगालोको संज्ञा दिनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले समस्याहरुको पहिचान गरी समाधानका उपायहरुसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताउनु भयो ।

उहाँले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताउनु भयो । सांसद यादवले ठूला दलहरु अव पनि नसच्चिए समाप्त भएर जाने चेतावनी समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरुको, कन्फ्युजनहरुको संगालो हो । हामी स्पष्ट हुनुपर्छ अव । आजको यथार्थ यो हो । समस्या यो हो । यसको उपचार यसरी हुन सक्छ । पोलिसीमा डिपाचर नगर्ने, भईरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउछु भनेर गफ दिएर हुन्छ । त्यसैले आज विश्व अर्थ राजनीतिमा देखा परेको बदलाव नेपाली समाजमा देखा परेको आवश्यक्ता र बदलाव र हिजोसम्म हाम्रा जुन प्रकारका दर्शन, मान्यता र हाम्रो जीवन शैली छ । यो तीन वटाको बीचमा तारतम्य भएन भने हामी कहीँ पुग्दैनौं । हामी ठूल्ठूला कुरा गछौं । तर अन्तराष्ट्रिय दातृ संस्थाहरुको रिर्सोस नभई हामी अगाडि बढन सक्दैनौं । ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलाव अनुसार अघि बढने चतु¥याई सरकारमा भएन भने हामी कहीँ पुग्दैनौं । ठूला दलहरु नसच्चिए सकिन्छन ।’

सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा काँग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);