विदेशी संघ संस्थालाई कर छुट गर्न माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

विदेशी संघ संस्थालाई कर छुट गर्न माग

काठमाडौं, ८ जेठ । प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले गैरसरकारी संस्थाहरुले विदेशका विभिन्न व्यक्ति र संस्थाहरुमार्फत सहयोग लिएर देशमा विपद्, भोकमरी र गरिबी निवारणमा सहयोग गर्ने गरेको भएपनि त्यस्ता सहयोगमा समेत सरकारले कर लगाउने गरेकाले कर छुट गर्न माग गर्नुभयो ।

सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य बैरागीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘गैर सरकारी संस्था महासंघ अन्तर्गतका संस्थाहरुले देश र विदेशका विभिन्न व्यक्ति र संस्थाजस्ता दातृ राष्ट्र र संस्थाले दिएको सहयोग आफू माध्यम बनेर विपद्, भोकमरी, गरिबी, भेदभाव निवारणका लागि उपयुक्त ठाउँमा सरकार र स्थानीय तहसँगको सहकार्य र कानूनतः निःशुल्क सहयोग उपलब्ध
गराएको हुन्छ । तर सरकारले यसरी सहयोग गरेका सामग्रीको समेत भ्याट लगाउने गरेकाले सहयोग रोकिने अवस्था छ । यसलाई ध्यान दिनुप¥यो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);