काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्वदेशी उत्पादनको प्रोत्साहन गर्ने नीति बनाउँछु भन्ने सरकारले आफ्नो नीतिको लाज राख्नु पर्ने बताएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले विद्युतिय सवारी साधन दर्ता प्रक्रियाको समस्या हल गर्न माग गरेका हुन् । थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भएपनि अहिले फेरी दर्ता प्रक्रियामा समस्या आएको सुनाए ।
उनले भने,‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो दर्ता भयो तर आफै ढिलो कानुन बनाउने निकायले के भन्छ भने ढिलो भयो जरिवाना तिर्नुस ।’