सरकारले नीतिको लाज राखोस : सांसद थापा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

सरकारले नीतिको लाज राखोस : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले स्वदेशी उत्पादनको प्रोत्साहन गर्ने नीति बनाउँछु भन्ने सरकारले आफ्नो नीतिको लाज राख्नु पर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले विद्युतिय सवारी साधन दर्ता प्रक्रियाको समस्या हल गर्न माग गरेका हुन् ।  थापाले प्रधानमन्त्रीको निर्देशनमा सुरुमा यात्री मोटरसाइकल दर्ता भएपनि अहिले फेरी दर्ता प्रक्रियामा समस्या आएको सुनाए ।

उनले भने,‘सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन दर्ता भएन, तर अहिले कानुन भयो दर्ता भयो तर आफै ढिलो कानुन बनाउने निकायले के भन्छ भने ढिलो भयो जरिवाना तिर्नुस ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);