काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका र केही समय हराएकाहरु पनि संसदमा देखिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले यस्तो बताएका हुन् ।
अहिले सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरिरहेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।




