काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको प्रष्ट पार्नुभएको छ ।
सरकारका प्रवक्तासमेत रहनु भएकी उहाँले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको दाबी गर्नुभयो । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले सरकारले राम्रो कामको सुरुवात गरिरहेको बताउनुभयो ।
माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीहरुले भन्दा रामो काम गरेको मन्त्री शर्माको जिकिर थियो । उहाँले प्रधानमन्त्री प्रचण्डले परिपक्वताका साथ कदम लिईसकेपछि पछाडि नर्फकने गरेर कामहरु सूरुवात गरेको बताउनुभयो ।
मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यमहरुलाई आग्रह गर्नु भयो ।