काठमाडौं, ५ जेठ । आज प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा गएका छन् ।
उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोली १० दिने चीन भ्रमणका लागि उता प्रस्थान गरेको हो ।
२० जनाको टोली अनुभव आदान प्रदानका लागि चीन भ्रमणमा गएको स्रोतले जनाएको छ ।
भ्रमणको टोलीमा सापकोटासहित सचिवहरु हितमान शाक्य, गणेश शाह, र डिलाराम आचार्य पनि छन् ।




