काठमाडौं, ५ जेठ । नेपाली काग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जसपालाई आग्रह गरेको छ । कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारबाट बाहिरिन २ पार्टीलाई आग्रह गरेको हो ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रीय सत्ता गठबन्धन विपरित एमाले नेतृत्वको सरकारमा सहभागी भएका २ दललाई सरकार छाड्न आग्रह गरेका हुन् ।
कांग्रेसले कोशी प्रदेशको नामाकरणको विरोधमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर समस्याको समाधान निकाल्न पनि आग्रह गरेको छ ।
साथै बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।