प्रधानमन्त्रीलाई सोधिने प्रश्न आउट भएपछि... (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

प्रधानमन्त्रीलाई सोधिने प्रश्न आउट भएपछि… (भिडियोसहित)

काठमाडौं । आज संसदमा सांसद र प्रधानमन्त्री बीच सवाल जवाफको कार्यक्रम थियो । प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु मात्र सांसदहरुले सोध्न पाउने थिए । तर, केहि सांसदहरुले जनताको प्रश्न भन्दै थप प्रश्न सोधेका थिए । प्रश्न सोध्ने पालो एमाले सांसद रघुजी पन्तको आयो ।

सुरुमा उनले प्रधानमन्त्रीको संसदमा उपस्थीतिको विषयलाई लिएर ब्याङ्ग्य गरे । साथै, उनले बैठक अगावै प्रधानमन्त्रीलाई सांसदहरु सोध्ने प्रश्नहरु बिहानै सञ्चारमाध्यममा बाहिरिएकोमा असन्तुष्टि जनाए । ‘यो प्रश्न कसले आउट ग¥यो ? अरु सांसदहरुको प्रश्न कसले आउट ग¥यो ? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो । सांसदले त्यो प्रश्न नसोध्दै ति प्रश्नहरु अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त हुँदैन’, उनले भने, ‘मैले बुझेसम्म यस्ता विषयहरु संसदको, सांसदको विशेषाधिकारसँग सम्बन्धित कुरा हुन् । यो जहाँबाट गएको भएपनि म यसलाई ठूलो इस्यु बनाउन चाहान्न । तर आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडी सांसदले सोधिने प्रश्नहरु आउट हुनु हुँदैन । हाइस्कुलको प्रश्न आउट भएपनि, कलेजको प्रश्न आउट भएपनि, संसदको प्रश्न आउट भएपनि त्यो राम्रो मानिदैन,’ उनले भने ।

Leave a Reply