कानून समितिले गर्यो आन्तरिक कार्यविधि पारित | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कानून समितिले गर्यो आन्तरिक कार्यविधि पारित

काठमाडौं, ४ जेठ । कानून, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीवार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति

बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो । समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरुसँगको छलफल पश्चात समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य मंगलप्रसाद
गुप्ताको सभापतित्वमा बसेको बैंठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो । उहाँले बिहीवारको बैठकमा प्रश्तुत भएको समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भएको बताउनु भयो ।

समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिना सूचना निरन्तर ५ वटा बैठकमा सांसदहरु अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था गरेको छ । कार्यविधिमा ५ वटा बैठकसम्म निरन्तर उपस्थित
हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ । बिहीवारको बैठकमा समितिका ज्येष्ठ सदस्य शेरबहादुर देउवा उपस्थित नभएपछि देउवा पछिका ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);